Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सुकुम्बासी बस्ती हटाउन प्रधानमन्त्री सकारात्मक

सुकुम्बासी बस्ती हटाउन प्रधानमन्त्री सकारात्मक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १६, २०७९ सोमवार • १०:३३:५७ बजे
  • 355
    SHARES
  • सुकुम्बासी बस्ती हटाउन प्रधानमन्त्री सकारात्मक

    काठमाडौं महानगरका मेयर बालेन साहले सुकुम्वासी बस्ती हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सहयोग मागेका छन् ।

    images

    सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर मेयर साहले प्रचण्डसँग बागमती करिडोरस्थित थापाथलीमा रहेको सुकुम्वासी बस्ती हटाउन सहयोग मागेका हुन् ।

    सुकुम्वासी बस्ती हटाउने विषयमा प्रधानमन्त्री सकारात्मक रहेको मेयर साहका स्वकीय सचिव भुपदेव शाहले जानकारी दिए ।उनका अनुसार प्रचण्डले सुकुम्वासी बस्ती हटाउने विषयमा सरोकारवालाहरुसँग पनि छलफल गर्ने बताएका छन् ।

    यसअघि थापाथलीमा रहेका सुकुम्वासी हटाउन महानगरले गरेको प्रयास असफल भएको थियो । सुकुम्वासी हटाउन पुगेका महानगरका सुरक्षाकर्मीमाथि त्यहाँ रहेका स्थानीय आक्रमणमा उत्रिएपछि महानगर पछि हटेको थियो ।

    बालेनले यसअघि गृह मन्त्रालयसँग सहयोग मागेका थिए । गृहले स्थायी समस्या समाधानको प्रयास गर्नुपर्ने भएकाले बल प्रयोग गरेर हटाउन नहुने सुझाव दिएको थियो ।

    पछिल्लो समय बालेनले डोजर आतंकले उपत्यकावासीहरु आन्दोलमा उत्रिएका छन् । उनीहरुबीच राजनीतिक तथा समसामयिक विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology