Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रविले फेरि गृह ताकेपछि .......

रविले फेरि गृह ताकेपछि .......

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १८, २०७९ बुधवार • १२:१०:१७ बजे
  • 268
    SHARES
  • रविले फेरि गृह ताकेपछि .......

    प्रधानमन्त्री पुष्पबमल दहाल ‘प्रचण्ड’ आन्तरिक छलफलमा जटेका छन् । आइतबार बिहान सत्ता साझेदार एमालेका अध्यक्ष केपी शर्मा ओली र ऊर्जामन्त्रीसमेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेसँगै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड आन्तरिक सल्लाहमा जुटेका हुन् ।

    images

    नागरिकता विवादपछि सर्वोच्चको फैसलाले गैरसांसद बनेका रवि लामिछानेले गृहमन्त्रालय दाबी गरिरहेका छन् । यसै विषयमा आज बिहान राप्रपा अध्यक्ष लिङ्देन र ओलीसँग प्रधानमन्त्रीले छलफल गरेका थिए ।

    त्यसलगत्तै प्रधानमन्त्री प्रचण्डले पार्टी दुई नेता अहिले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पार्टी महासचिव देव गुरुङसँग छलफल गर्ने भएका छन् । उपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठ र महासचिव गुरुङलाई छलफलका लागि प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा बोलाएको स्रोतले जनाएको छ ।

    मंगलबार साँझ मात्रै रवि बालकोट पुगेर ओलीसँग आफूलाई गृहमन्त्री बनाउन सहयोग गर्न आग्रह गरेका थिए । त्यसपछि रविको आग्रहलाई लिएर ओली बुधबार बिहान बालुवाटार पुगेका थिए ।

    नागरिकता प्रकरणमा सर्वोच्चको आदेशपछि सबै पद गुमाएका लामिछानेले फेरि आफूलाई गृहमन्त्री नै बनाउनुपर्ने अडान लिइरहेका छन् । उनले पार्टीमा गृहमा अन्य सांसदको नाम समेत सिफारिस नगरी आफैँ अगाडि बढेका छन् । तर, प्रधानमन्त्री प्रचण्ड गृह आफ्नै पार्टीमा राख्न कसरत गरिरहेका छन् ।

    प्रधानमन्त्री रविविरुद्ध राहदानीलगायत विवाद कायमै रहेकाले उनलाई दोहो¥याउने मनसायमा छैनन् । अहिले गृह प्रधानमन्त्री आफैंले राखेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology