Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रविको सत्ता मोहले पार्टीभित्रै खटपट

रविको सत्ता मोहले पार्टीभित्रै खटपट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १९, २०७९ बिहिवार • ११:५७:०० बजे
  • 568
    SHARES
  • रविको सत्ता मोहले पार्टीभित्रै खटपट

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र विवाद सुरु भएको छ । सभापति रवि लामिछानेले गृह मन्त्रालय आफुले पाउनुपर्ने र नपाए सरकारबाट बाहिरिने चेतावनी दिएपछि पार्टीभित्र विवाद चुलिएको हो ।

    images

    नागरिकता प्रकरणमा सांसद र मन्त्री पद गुमाएका लामिछाने नागरिकता लिएलगत्तै फेरि मन्त्री हुन खोजेको आरोप उनलाई पार्टीभित्रैबाट आएको छ ।

    गत शुक्रबार उपप्रधानमन्त्री एवम् गृहमन्त्री, सांसद र पार्टी सभापति गुमाएका लामिछानेले आइतबार नागरिकता लिए । नागरिकता लिएलगत्तै पार्टीको सभापति बनेका लामिछानेले आफ्नो गुमेको उपप्रधानमन्त्री तथा गृहमन्त्री पद खोजेका छन् ।

    त्यसका लागि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई दबाब दिएका छन् । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ समेत लिइरहेका छन् । प्रचण्डले भने लामिछानेलाई मन्त्री बनाउन चाहेका छैनन् ।

    उनले सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआउन्जेल रवि र उनको पार्टीलाई नगृह मन्त्रालय नदिने बताउँदै आएका छन् । लामिछानेको यही सक्रियतालाई पार्टीभित्र शंका गर्न थालिएको छ ।

    रास्वपाका एक केन्द्रीय नेताले भने, ‘सभापतिजीले आफ्नै लागि गृह मन्त्रालय माग्नुभएको भन्ने प्रष्ट त छैन । तर उहाँले पार्टीकै लागि माग्नुभएको हो भन्ने पनि प्रष्ट छैन ।

    उहाँको गतिविधिले हामी अरूभन्दा फरक हुन सकेनौं भन्ने प्रश्न उठेको छ । यो स्वाभाविक हो ।’ रविले पार्टीमा यस विषयमा कुनै छलफल समेत नगरेको तीन ेताले बताए । पार्टीका बैठकमा समेत लामिछानेले कसैको प्रश्न सुन्न चाहँदैनन् भन्ने आरोप लाग्दै आएको छ । लामिछानेका गतिविधिले सांसदहरू समेत असन्तुष्ट बनेका छन्।

  • सम्बन्धित विषय:

  • # रविको सत्ता मोह
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology