Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रविलाई गृहमन्त्री बनाउनुपर्ने भन्दै आत्मदाहको प्रयास

रविलाई गृहमन्त्री बनाउनुपर्ने भन्दै आत्मदाहको प्रयास

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १९, २०७९ बिहिवार • १८:३२:२४ बजे
  • 442
    SHARES
  • रविलाई गृहमन्त्री बनाउनुपर्ने भन्दै आत्मदाहको प्रयास

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउनुपर्ने भन्दै जुम्लामा एकजनाले आत्मदाहको प्रयास गरेका छन् ।

    images

    बिहीबार बाँकेको कोहलपुरका गोकर्ण कार्कीले जिल्ला प्रशासन कार्यालय जुम्लाअगाडि आत्मदाहको प्रयास गरेको जुम्लाकी सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताए ।

    उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत थिए । रिजालका अनुसार नागरिकता विवादका कारण गृहमन्त्री र सांसद पद गुमाएका लामिछानेलाई अन्याय भएको भन्दै कार्कीले आत्मदाहको प्रयास गरेका थिए ।

    कार्कीले आफैँमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । शरीरमा आगो लगाउने प्रयास गर्नेबित्तिकै थाहा पाएपछि अरू कर्मचारीले उनको तत्काल उद्धार गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # आत्मदाहको प्रयास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology