Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ १९, २०७९ बिहिवार • १९:३४:४६ बजे
  • 595
    SHARES
  • सांसद अरुणकुमार चौधरी पक्राउ

    नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् ।

    images

    आज उनलाई बाँकेबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी कैलाली क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए ।

    ०६६ सालमा ट्याक्टरमा आगो लगाएको अभियोगमा जिल्ला अदालत कैलालीले उनलाई ६ महिना कैद सजाय र आठ लाख १९ हजार रुपैयाँ बिगो भराउने फैसला गरेको थियो ।

    जिल्ला अदालत कैलालीले ०७० वैशाख ९ गते यस्तो फैसला गरेको थियो । कैलालीको गोरांगा खोलाबाट ढुंगा लिएर लम्कीतर्फ जाँदै गरेको ट्याक्टरमा ०६६ भदौ ३ गते आगजनी गरिएको थियो ।

    मुद्दा खेपेका बेला जमानीमा रिहा भएका चौधरी फैसलाको बखत नै फरार रहेको फैसलामा उल्लेख छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology