Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पार्टी बैठकमा प्रचण्ड : रास्वपाले गृह नभई हुन्न भनेर अप्ठ्यारो पार्‍यो

पार्टी बैठकमा प्रचण्ड : रास्वपाले गृह नभई हुन्न भनेर अप्ठ्यारो पार्‍यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २०, २०७९ शुक्रवार • ०९:१३:२६ बजे
  • 295
    SHARES
  • पार्टी बैठकमा प्रचण्ड : रास्वपाले गृह नभई हुन्न भनेर अप्ठ्यारो पार्‍यो

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नभई हुन्न भनेर अप्ठेरो पारेको बताएका छन् ।

    images

    बिहीबार बिहीबार पार्टी कार्यालय कोटेश्वरमा केहीबेर बसेर स्थगित भएको स्थायी समिति बैठकमा प्रचण्डले रास्वपाको अडानले सत्ता गठबन्धन अप्ठेरोमा परेको बताएका एक नेताले जानकारी दिए ।

    ‘रास्वपाले गृहमन्त्री नभई हुन्न भनेर अप्ठ्यारो गरेको छ’ प्रचण्डको भनाइ उधृत गर्दै ती नेताले भने, ‘रविलाई गृहमन्त्री दिन सकिने अबस्था छैन । ओलीको पनि दवाव छँदै छ । भोलिसम्म हेरौं ।’

    नागरिकता प्रकरणका कारण रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भएका थिए । उनले नेपाली नागरिकता लिएपछि आफूलाई पुनः गृहमन्त्री बनाउनुपर्ने भन्दै दबाव दिइरहेका छन् ।

    माओवादी केन्द्रका सचिव गणेश साहले राजनीतिक घटनाक्रमका कारण बैकठ एजेन्डामै प्रवेश नगरी भोलि तीन बजेसम्मलाई स्थगित भएको बताए । ‘यो राजनीतिक विकास के हुन्छ, त्यो हेरेर भोलि तीन बजेसम्मलाई बैठक स्थगित गरिएको छ,’ साहले भने । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री नदिए सरकार छोड्ने संकेत गरेको छ ।

    यसबारे निर्णय लिन अहिले रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक जारी छ । माओवादी केन्द्रका एक नेताले गठबन्धनमा तनाव पैदा भएको बताउँदै रास्वपाको निर्णय हेरेर मात्रै आफूहरुको बैठक बस्ने बताए ।

    यद्यपि प्रचण्डले सत्ता गठबन्धन कायमै रहने विश्वास व्यक्त गरेका छन् । पार्टी स्थायी कमिटी बैठकबाट बाहिरिँदै प्रचण्डले रास्वपाले सर्मथन फिर्ता नलिने बताएका थिए । ‘फिर्ता लिनुहुन्न मैले बुझेसम्म’ उनले भने ।

  • सम्बन्धित विषय:

  • # पार्टी बैठकमा प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology