Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

देश माओवादी आन्दोलनको मुद्दा वरिपरि नै छ : प्रधानमन्त्री प्रचण्ड

देश माओवादी आन्दोलनको मुद्दा वरिपरि नै छ : प्रधानमन्त्री प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २१, २०७९ शनिवार • १४:३८:१२ बजे
  • 688
    SHARES
  • देश माओवादी आन्दोलनको मुद्दा वरिपरि नै छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश अहिले माओवादी आन्दोलनको मुद्दाको वरिपरि रहेको बताएका छन् ।

    images

    आदिवासी जनजाति आयोगले शनिबार काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले माओवादी आन्दोलनले जित हासिल गरेको बताएका हुन् । ‘सिंगो देश नै हामीले गरेको आन्दोलन र मुद्दाको वरिपरि नै छ ।

    हाम्रो आन्दोलनको विजय भएको छ’ प्रचण्डले भने, ‘तर, एउटा प्रश्न त आउँछ नै । एउटा नेतृत्वले समाजको रुपान्तरणका लागि जे जस्तो संघर्ष र त्याग गर्‍यो, त्यसलाई सम्मान गर्न हामी चुकेका त छैनौँ ? हाम्रो आन्दोलनबिना यी मुद्दा सम्वोधन हुन सम्भव थिएन ।’

    प्रधाननमन्त्री प्रचण्डले माओवादी आन्दोलनकै कारण महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश र महिला सभामुख बनेको पनि बताए । ‘महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश, महिला सभामुख हुनुमा मलाई गर्व छ ।

    यो अधिकार हाम्रै संघर्षको परिणाम हो’ उनले भने ‘…कुन पार्टीबाट को आए भन्ने कुरा मेरा लागि खास अर्थ राख्दैन । जुन पार्टीबाट आए पनि हाम्रो मुद्दाका कारण आउनुभएको छ, हाम्रो आन्दोलनका कारण आउनुभएको छ ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology