Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रास्वपाले उठाएको विषय समाधान हुन्छ : प्रधानमन्त्री

रास्वपाले उठाएको विषय समाधान हुन्छ : प्रधानमन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २१, २०७९ शनिवार • १७:०४:०४ बजे
  • 382
    SHARES
  • रास्वपाले उठाएको विषय समाधान हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उठाएको विषय समाधान हुने बताएका छन् ।

    images

    शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकबाट बाहिरिने क्रममा उनले समस्या समाधान हुने बताएका हुन् । उनले भने, ‘समस्या समाधान हुन्छ, अहिले त्यसबारेमा कुरा गर्छु ।’

    रास्वपाले दिएको अल्टिमेटम सकिन लागेको प्रशंगमा प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले मेरो कुरा हुँदैछ । समस्या समाधान हुन्छ ।’ शुक्रबार बसेको रास्वपाको बैठकले सरकारबाट छोड्ने निर्णयका लागि सरकारलाई दुई दिन समय दिएको थियो ।

    रास्वपाले गृहमन्त्री नपाए सरकारबाट बाहिरिने भन्दै आएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रधानमन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology