Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राष्ट्रपति निर्वाचनमा सहमति गरेर अघि बढ्ने माओवादीको निर्णय

राष्ट्रपति निर्वाचनमा सहमति गरेर अघि बढ्ने माओवादीको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २१, २०७९ शनिवार • १९:१८:२४ बजे
  • 238
    SHARES
  • राष्ट्रपति निर्वाचनमा सहमति गरेर अघि बढ्ने माओवादीको निर्णय

    नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले राष्ट्रपति निर्वाचनमा सहमती गरी अगाडि बढ्ने निर्णय गरेको छ ।

    images

    शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले उक्त निर्णय गरेको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

    उनका अनुसार सकेसम्म सहमतिको प्रयत्न गर्ने, सहमति हुन नसकेमा जोसँग विचार, दृष्टिकोण, उद्देश्य, लक्ष्य मिल्छ त्यसैसँग मिलेर जाने बैठकले निर्णय गरेको हो ।

    उनले एमालेसँग दूरी बढ्ने प्रश्नै नभएको बताउँदै एमालेलाई बाहिर राखेर केही नयाँ गर्न नखोजे बताए ।

    उनले भने, ‘उहाँहरूसँगै सहमति गरौं भनेका हौं । एमाले–कांग्रेस जस्ता पार्टीसँग मिलेर सहमति गरेर जाऔं । संविधानलाई अगाडि बढाऔं भन्दा एमालेलाई चिढ्याउनुपर्ने केही कारण छैन ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology