Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

भीम रावलको प्रश्न- नागरिकता विवाद भएकालाई गृहमन्त्री बनाएर सुशासन ल्याउन खोजिएको हो ?

भीम रावलको प्रश्न- नागरिकता विवाद भएकालाई गृहमन्त्री बनाएर सुशासन ल्याउन खोजिएको हो ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २१, २०७९ शनिवार • १९:५१:२० बजे
  • 274
    SHARES
  • भीम रावलको प्रश्न- नागरिकता विवाद भएकालाई गृहमन्त्री बनाएर सुशासन ल्याउन खोजिएको हो ?

    नेकपा एमालेका नेता भीम रावलले बिपरित सिद्धान्त भएका दलहरु मिलेर सरकार बनाउनु राष्ट्रिय राजनीतिको बिडम्वना भएको बताएका छन् ।

    images

    शनिबार काठमाडौंमा रतन भण्डारीको पुस्तक ‘द्वारिकादेवी ठकुरानीः नेपालकी पहिलो महिला मन्त्री’ पुस्तक बिमोचन कार्यक्रममा रावलले अहिलेको सरकारमा बिपरित सिद्धान्त भएका र मुलुकको परिवर्तनलाई उल्टाउन खोज्नेहरु एकैठाँउमा हुनु राष्ट्रिय राजनीतिको बिडम्वना भएको बताएका हुन् ।

    उनले राष्ट्रिय राजनीतिलाई सिद्धान्त बिपरित अघि बढाउन खोज्ने बिषयमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड कसैले पनि जवाफ दिन नसकेको जिकिर गरे ।

    रावलले बिपरित सिद्धान्त भएका दल मिलेर लोकप्रिय मत मागेको कहि पनि नदेखिएको उल्लेख गरे ।

    नीजि बिद्यालय सञ्चालकलाई शिक्षामन्त्री, नागरिकता विवाद भएका व्यक्तिलाई गृहमन्त्री बनाएर मुलुकमा सुशासन ल्याउन खोजिएको हो ? भन्दै उनले प्रश्न गरे । पुस्तकमा द्वारिकादेवीको राजनीतिक यात्रा देखि संघर्षका बिषयहरु उल्लेख गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # भीम रावलको प्रश्न
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology