Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अधुरो प्रेम कहानी !

अधुरो प्रेम कहानी !

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १, २०७७ बिहिवार • २०:०९:२६ बजे
  • 4.2K
    SHARES
  • अधुरो प्रेम कहानी !

    त्यो प्रेम कहानी थियो 
    या त्यो उत्ताउलो जवानी थियो
    त्यो उमेरको मनोमानी थियो
    या त्यो समय र सोचको हानी थियो 
    मलाई अहिले पनि थाहा छैन
    वास्तवमा त्यो के थियो 
    तै पनि थियो 
    हाम्रो पनि एउटा अधुरो प्रेम कहानी थियो । 

    हामी कमजोर थियौं
    त्यसैले कसैले लेखेन
    कसैले लेखेन 
    त्यसैले कसैले पढेन
    जव कसैले पढेन
    दुनियाँलाई विचरा थाहै भएन 
    दुनियाँले पढ्न लायक 
    यातनाभन्दा दुखदायक
    हाम्रो पनि अधूरो प्रेम कहानी थियो !

    मैले मन पराएको ऊ थियो
    उसले मन पराएकी म थिएँ 
    हामीले आपसमा मन पराएको
    दुनियाँलाई मन परेको थिएन 
    हावा नपाएर
    घाम नपाएर
    पानी नपाएर
    मल-माटो र माली नपाएर
    अङ्कुरणसँगै सुकिगएको 
    एउटा जिन्दगानी थियो
    हाम्रो पनि एउटा अधुरो प्रेम कहानी थियो । 

    अरु बियोगान्त प्रेमीहरूकोझैं
    आँसुका रारा ताल हाम्रा पनि बने
    दिलको अमेजन 
    हाम्रो पनि उसै गरी जल्यो 
    हुरी बतास आँधी बेहेरी
    हाम्रो पनि उसै गरी चल्यो 
    आत्महत्याका कैयन प्रयत्न
    भागिजाने कैयन योजना
    आँट गर्ने कैयन असफल आँट 
    यी सवै भूँमरीहरू पार गरेर
    शासहको कमीले प्रेम हुन नसकेको
    ऊ मेरो र म उसकी हुन नसकेकि  
    लेख्दा लेख्दैको प्रेम-पत्रजस्तो
    गाउँदा गाउँदैको प्रेम गीत जस्तो
    अपूरो, अधुरो र अप्राप्य
    थियो एउटा जिन्दगानी थियो
    हाम्रो पनि नलेखिएको
    एउटा प्रेम कहानी थियो ।।  

    सीता खडका

  • सम्बन्धित विषय:

  • # साहित्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology