Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

निरेम सांगीतिक उत्सव २०२३ को सम्पूर्ण तयारी पूरा

निरेम सांगीतिक उत्सव २०२३ को सम्पूर्ण तयारी पूरा

चन्द्र गाेतामे

चन्द्र गाेतामे

माघ २२, २०७९ आइतवार • १२:४०:४१ बजे
  • 946
    SHARES
  • निरेम सांगीतिक उत्सव २०२३ को सम्पूर्ण तयारी पूरा

    कुवेत - निरेम प्रोडक्सन कुवेतले सातौ वार्षिक उत्वस तथा ( Valentine’s Day ) प्रेम दिवसको अवसरमा फ्रेब्रुअरी १० तारिख शुक्रवारको  दिन कुवेतस्थित इन्डियन सेन्ट्रल स्कुल जिलिबको हलमा आयोजना गर्न लागेको निरेम सांगीतिक उत्सव २०२३ को सम्पूर्ण तयारी पूरा भएको छ ।

    images

    नेपालबाट आमन्त्रित अतिथि कलाकार चर्चित लोकप्रिय डान्सर कविता नेपाली , गायक कमल खत्री र गायिका मेलिना मैनाली यही फेब्रुअरी ९ तारिख विहिवारका दिन बिहान ६ बजे कुवेत आउने निरेम प्रोडक्सनका अध्यक्ष राज मल्लले जानकारी दिएका छन । 

    4D07300D-B953-413C-8AED-9AE04C07EA8D.jpeg
    यही फेब्रुअरी ९ तारिख विहिवारका दिन बिहान ६ बजे कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा अतिथि कलाकारलाई स्वागतका लागि उपस्थित भैदिनुहुन कुवेतमा कृयाशिल संघ सस्था , भात्रिसंगठन , मिडिया हाउस , व्यावसायिक , समाजसेवि , बुद्दिजिवि , पत्रकार , कलाकार लगायत सम्पूर्ण नेपाली समुदायलाई आयोजक कमिटिले अनुरोध गरेको छ । साथै फ्रेब्रुअरी १० तारिख शुक्रवारको  दिन कुवेतस्थित इन्डियन सेन्ट्रल स्कुल जिलिबको हलमा उपस्थित भई भरपूर मनोरञ्जन लिन सकिने छ ।

    निरेम ग्रुप अफ कम्पनि अन्तरगत रहेको निरेम प्रोडक्सन कुवेतमा मिडियाको क्षेत्रमा ७ बर्षदेखि कृयाशिल रहदै प्रवासमा परोपकारी पत्रकारिता सगै मल्टिमिडिया सम्बन्धि कार्य गर्दै आएको छ ।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology