Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रविलाई तत्काल मन्त्री नबन्न प्रधानमन्त्रीको सुझाव

रविलाई तत्काल मन्त्री नबन्न प्रधानमन्त्रीको सुझाव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २२, २०७९ आइतवार • १३:५३:०१ बजे
  • 283
    SHARES
  • रविलाई तत्काल मन्त्री नबन्न प्रधानमन्त्रीको सुझाव

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाका सभापति रवि लामिछानेलाई तत्काल मन्त्री नबन्न आग्रह गरेका छन् ।

    images

    आइतबार बिहान बालुवाटारमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई सो आगह गरेका हुन् ।

    स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफूले नै राख्ने र अर्को मन्त्रालय लिन उनलाई आग्रह गरेका थिए । उपनिर्वाचनबाट जितेर आए मात्र मन्त्री बन्न स्वाभाविक हुने उनको भनाइ थियो ।

    नागरिकता विवादमा मन्त्री तथा सांसद पद गुमाएका लामिछाने गैरसांसदका रुपमा सिंहदरबार छिर्ने दाउमा छन् । उनले बालकोट र बालुवाटार पुगेर पटकपटक आफुलाई गृहमन्त्री बनाउन आग्रह गरेका छन् । तर, रविको नागरिकता विवादमा सर्वोच्चको पूणपाठ आउन बाँकी नै रहेकाले प्रधानमन्त्री प्रचण्ड उनलाई मन्त्री बनाउन चाहादैनन् ।

    लामिछानेले शनिबार साँझ पनि प्रधानमन्त्रीलाई भेटेका थिए । उनी प्रधानमन्त्रीको प्रस्तावमा सकारात्मक रहेको बालुवाटार स्रोत बताउँछ । सरकारबारे निर्णय लिन रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जारी छ ।

    उक्त बैठकले सरकारमा रहने वा बाहिरिने ठोस निर्णय गर्नेछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology