Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने,सरकारलाई दिएको समर्थन भने कायम राख्ने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने,सरकारलाई दिएको समर्थन भने कायम राख्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २२, २०७९ आइतवार • १६:५३:३३ बजे
  • 523
    SHARES
  • राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने,सरकारलाई दिएको समर्थन भने कायम राख्ने

    राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

    images


    आइतबार बसेको पार्टीको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिए । बैठकपछि पत्रकार सम्मलेन गर्दै सभापति लामिछानेले सरकारबाट बाहिरिने निर्णय गरेको र पार्टीका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको जानकारी दिए ।

    उनका अनुसार आजै नै रास्वपाबाट मन्त्री बनेकाहरुले प्रधानमन्त्री प्रचण्डलाई राजिनामा बुझाउने सभापति लामिछानेले जानकारी दिए ।


    सरकारबाट बाहिरिने निर्णय गरेको रास्वपाले सरकारदाई दिएको समर्थन भने यथावत रहेको सभापति लामिछानेले जानकारी दिएका छन् ।

    रास्वपाका मन्त्रीहरुले आजै राजीनामा दिने


    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सरकारमा सहभागी मन्त्रीहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा दिने भएका छन् ।

    आज सम्पन्न रास्वपाको केन्द्रीय सदस्य र संसादहरुको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेसँगै रास्वपाका मन्त्रीहरुले राजीनामा दिने भएका हुन् ।

    बैठकपछि पत्रकार सम्मेलन गर्दै सभापति रवि लामिछानेले सरकारबाट बाहिरिने निर्णय भएसँगै मन्त्रीहरुले आजै राजीनामा दिने बताएका हुन् ।


    हाल सरकारमा रास्वपाका शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसङ्‌ख्यामन्त्री रहेका छन् ।

    यसअघि उपप्रधान तथा गृहमन्त्री रहेका सभापति लामिछानेको नागरिकता अवैध ठहर भएसँगै उनको संसद पद खारेज भएको थियो । सांसद पद खारेज भएसँगै उनको मन्त्री पद गुमेको थियो ।

     

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट हट्ने निर्णय गरेको छ । तर, रास्वपाले सरकारलाई दिएको समर्थन भने कायम राख्ने सभापति रवि लामिछानेले बताएका छन् ।


    उनले आफ्ना मन्त्रीहरुले आजै राजीनामा दिने समेत बताएका छन् । गृहमन्त्रालय सहित सरकारमा फिर्ता हुने लामिछानेको प्रयास असफल भएपछि यस्तो निर्णय लिइएको हो ।

    यद्यपि, लामिछानेले बाहिर देखिएजस्तो नभएको बताएका छन् । खुलस्त पार्ने भन्दै पत्रकार सम्मेलन गरिरहेका छन् ।

  • सम्बन्धित विषय:

  • # सरकारबाट बाहिरिने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology