Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राष्ट्रियसभाले आज उपाध्यक्ष पाउँदै, अर्याल निर्विरोध निर्वाचित

राष्ट्रियसभाले आज उपाध्यक्ष पाउँदै, अर्याल निर्विरोध निर्वाचित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २३, २०७९ सोमवार • ०९:५९:१७ बजे
  • 421
    SHARES
  • राष्ट्रियसभाले आज उपाध्यक्ष पाउँदै, अर्याल निर्विरोध निर्वाचित

    राष्ट्रिय सभा उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएका छन् ।

    images

    आजका हुने भनिएको निर्वाचनका लागि सत्ता साझेदार दलबाट उनको मात्र एकल उम्मेदवारी परेपछि अर्याल निर्विरोध निर्वाचित भएका हुन् । तर यसको औपचारिक घोषणा भने मध्याह्न १२ बजे बस्ने राष्ट्रिय सभा बैठकबाट गरिनेछ ।

    यसअघि उपाध्यक्ष रहेकी शशीकला दाहालको चार वर्षे कार्यकाल २०७८ सालमै सकिएको थियो ।

    राष्ट्रिय सभाको आजको बैठकमा अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निवार्चित गरियोस् भन्ने प्रस्ताव पेश गरिनेछ ।

    त्यसपछि सो प्रस्तावलाई समर्थकले समर्थन गर्ने, उम्मेदवारको विषयमा संक्षिप्त छलफल हुने र राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।

    पर्साको वीरगञ्ज महानगरपालिका–२३ गण्डक चोक स्थायी ठेगाना भएका अर्याल मधेश प्रदेशबाट २०७८ साल माघमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए ।

    उनी २०६९ सालमा नेकपा एमाले छाडेर माओवादी केन्द्र प्रवेश गरेका थिए । २०४८ सालबाट राजनीतिमा होमिएका उनी झलनाथ खनाल नेतृत्वको सरकारमा स्थानीय विकास मन्त्रीसमेत भएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology