Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

विदेशी मुद्रा संचिति १३ खर्ब ३७ अर्ब पुग्यो,बढ्यो रेमिट्यान्स

विदेशी मुद्रा संचिति १३ खर्ब ३७ अर्ब पुग्यो,बढ्यो रेमिट्यान्स

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २३, २०७९ सोमवार • १८:०३:१९ बजे
  • 688
    SHARES
  • विदेशी मुद्रा संचिति १३ खर्ब ३७ अर्ब पुग्यो,बढ्यो रेमिट्यान्स

    अर्थतन्त्रका सूचकहरू सुधार हुँदै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको आर्थिक तथा वित्तीय स्थितिअनुसार शाेधनान्तर बचत, विदेशी विनिमयको सञ्चिति, रेमिट्यान्स लगायतका सूचकमा सुधार भएको छ ।

    images

    छ महिनामा शोधनान्तर स्थिति ९७ अर्ब १० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको छ महिनामा शोधनान्तर स्थिति दुई खर्ब ४१ अर्ब २३ करोड रुपैयाँले घाटामा रहेको थियो ।

    यस्तै गएको असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति अहिले १० प्रतिशतले बढेर १३ खर्ब ३७ अर्ब २९ करोड रुपैयाँ पुगेको छ ।

    अमेरिकी डलरमा यस्तो सञ्चिति गएको असारमा नौ अर्ब ५४ करोड रहेकोमा २०७९ पुस मसान्तमा आठ प्रतिशतले बढेर १० अर्ब ३० करोड डलर कायम भएको छ । यो रकम १० महिना चार दिनको वस्तु आयात र नौ महिना एक दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ । 

    यस्तै चालु खातामा पनि सुधार आएको छ । पुस मसान्तसम्म चालु खाता २९ अर्ब ४७ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको छ महिनामा चालु खाता तीन खर्ब ५२ अर्ब १६ करोड रुपैयाँले घाटामा रहेको थियो । प्रत्यक्ष वैदेशिक लगानीमा भने ठूलो गिरावट आएको छ ।

    अघिल्लो वर्षको छ महिनामा ११ अर्ब रुपैयाँ खुद प्रत्यक्ष वैदेशिक लगानी भित्रिएकोमा अहिले ७४ करोड ९४ लाख रुपैयाँमात्रै आएको छ ।

     

    चालु आर्थिक वर्ष २०७९/८० मा रेमिट्यान्स बढेको छ । विदेशिने युवाको संख्यामा भारी वृद्धि भएसँगै रेमिट्यान्स आप्रवाह पनि गत वर्षको तुलनामा बढेको हो ।


    चालु आर्थिक वर्षको पहिलो ६ महिना अर्थात् पुससम्म रेमिट्यान्स (विप्रेषण) आप्रवाह झण्डै २५ प्रतिशतले बढेको छ । पुसम्म गत वर्षको तुलनामा रेमिट्यान्स आप्रवाह २४.३ प्रतिशतले बढेर ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ बराबर पुगेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाह १३.९ प्रतिशतले बढेर ४ अर्ब ५० करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो ।

  • सम्बन्धित विषय:

  • # बढ्यो रेमिट्यान्स
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology