Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

माओवादी केन्द्र मधेश सरकारमा सहभागी हुने

माओवादी केन्द्र मधेश सरकारमा सहभागी हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २३, २०७९ सोमवार • १८:४०:२४ बजे
  • 733
    SHARES
  • माओवादी केन्द्र मधेश सरकारमा सहभागी हुने

    नेकपा माओवादी केन्द्र मधेश सरकारमा सहभागी हुने भएको छ । दुई मन्त्रालय लिने अडानमा रहेको माओवादी केन्द्रलाई एक मन्त्रालय मात्रै दिने मुख्यमन्त्रीको अडानका कारण माओवादी केन्द्र सरकारमा सहभागी भएको थिएन ।

    images

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैले पहल गरेपछि एक मन्त्री र एक राज्यमन्त्री लिएर माओवादी केन्द्र सरकारमा सहभागी हुन तयार भएको हो ।

    मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो मातहतमा राखेको उद्योग पर्यटन तथा वन मन्त्रालय माओवादीलाई दिने सहमति भएको हो ।

    माओवादी केन्द्रबाट सुनिता यादवलाई उद्योग पर्यटन तथा वन मन्त्री र रहबर अन्सारीलाई उद्योग पर्यटन तथा वन राज्यमन्त्रीको जिम्मेवारी दिइने भएको छ ।

    माओवादी केन्द्र मधेश प्रदेशको संसदीय दलका नेता भरत साह समेत मन्त्री बन्ने लबिङ गर्दै आइरहेका थिए । गत माघ २० गते मन्त्रिपरिषद् विस्तार हुँदा माओवादी केन्द्र मधेस प्रदेश सरकारमा सहभागी भएको थिएन ।

  • सम्बन्धित विषय:

  • # नेकपा माओवादी केन्द्र
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology