Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

रास्वपा बाहिरिएपछि प्रचण्ड, ओली र देउवा छलफलमा

रास्वपा बाहिरिएपछि प्रचण्ड, ओली र देउवा छलफलमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २३, २०७९ सोमवार • १८:५५:४४ बजे
  • 490
    SHARES
  • रास्वपा बाहिरिएपछि प्रचण्ड, ओली र देउवा छलफलमा

    प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    images

    आज (सोमबार) प्रधानमन्त्री प्रचण्ड, ओली र देउवा सिंहदरबारमा भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिलाई जोड दिइरहेको बेलामा ओली र देउवासँग संयुक्त छलफल गरेका हुन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि तीन नेताबीच छलफल भएको हो । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा अहिले छलफल जारी छ ।

    छलफल राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयासका साथसाथै समग्र राजनीतिक विषयमा केन्द्रीत हुने बताइएको छ । सत्तासीन माओवादी केन्द्र र कांग्रेसका नेताहरु राष्ट्रिय सहमतिको सरकारमा पक्षमा छन् भने एमाले यसबारे सकारात्मक देखिँदैन ।

    प्रधानमन्त्री प्रचण्डले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्ने प्रयास भइरहेको बताउँदै आएका छन् ।

  • सम्बन्धित विषय:

  • # ओली र देउवा छलफलमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology