Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भूकम्पले टर्की र सिरियामा मृत्यु हुनेको संख्या ३८०० नाघ्यो, १२ हजारभन्दा बढी घाइते

भूकम्पले टर्की र सिरियामा मृत्यु हुनेको संख्या ३८०० नाघ्यो, १२ हजारभन्दा बढी घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २४, २०७९ मंगलवार • १०:१२:३४ बजे
  • 568
    SHARES
  • भूकम्पले टर्की र सिरियामा मृत्यु हुनेको संख्या ३८०० नाघ्यो, १२ हजारभन्दा बढी घाइते

    टर्कीको गाजी एन्टेप सहर नजिक केन्द्र बनाएर सोमबार बिहान गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या ३८०० नाघेको छ । बीबीसीका अनुसार उक्त भूकम्पमा घाइतेको संख्या १२ हजारभन्दा बढी रहेको छ ।

    images

    भूकम्पका कारण टर्कीसँगै सिरियामा पनि धेरै नागरिकले ज्यान गुमाएका छन् ।

    दुवै देशमा मृत्यु हुनेको संख्या चार हजार नजिक पुगेको छ । भूकम्पपछि उद्धार कार्यलाई तीव्रता दिनका लागि अन्तर्राष्ट्रिय उद्धारकर्मी टर्की पुग्ने क्रम जारी छ ।

    सिरियामा केही राष्ट्रहरूले प्रतिबन्ध लगाएका कारण उद्धार तथा सहायता पुग्न ढिलाइ भइरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले खबर लेखेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology