Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

टर्की भूकम्प अपडेट : पाँच हजार बढीको मृत्यु, २० हजार घाइते

टर्की भूकम्प अपडेट : पाँच हजार बढीको मृत्यु, २० हजार घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २४, २०७९ मंगलवार • २०:०८:३३ बजे
  • 568
    SHARES
  • टर्की भूकम्प अपडेट : पाँच हजार बढीको मृत्यु, २० हजार घाइते

    टर्कीमा भूकम्पबाट मृत्यु हुनेको संख्या पाँच हजार नाघेको छ । हिजो (सोमबार) सिरियाको सीमा नजिकै टर्कीमा ७ दशमलब ८ रेक्टर स्केलको भूकम्प भएको थियो ।

    images

    उक्त भूकम्पमा परी टर्कीमा तीन हजार पाँच सय र सिरियामा एक हजार छ सय जना गरी पाँच हजार एक सय जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । त्यस्तै २० हजार भन्दा धेरै घाइते भएका छन् ।

    विश्व स्वास्थ्य सङ्गठनले भूकम्पका कारण दुई करोड ३० लाख प्रत्यक्ष पीडित बनेका बताएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अहिलेसम्म विभिन्न देशबाट तीन हजार जना विशेष फौज आफ्नो देश आएको जानकारी दिएका छन् ।

    मान्छे खोज्ने कुकुर विशेष उपकरणसहित पुगेका उनीहरूले उद्दार गरिरहेका छन् । अमेरिका, बेलायत, चीन, रुस, भारत, पाकिस्तान, जापान, इराक, इरान, अस्ट्रेलिया, न्युजिल्यान्ड, ग्रीस लगायतका देशबाट अत्यावश्यक राहतका सामग्री टर्की र सिरियामा पुगेका छन् ।

    अत्यधिक चिसो, हिमपात र वर्षाले गर्दा उद्धार र राहतमा कठिनाइ भइरहेको अन्तिराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

    विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भूकम्पका कारण ज्यान गुमाउनेको संख्या अहिले पुष्टि भएको संख्याको आठ गुणासम्म बढ्न सक्ने बताएको छ ।

  • सम्बन्धित विषय:

  • # टर्की भूकम्प अपडेट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology