Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाललाई साढे सात अर्ब सहयोग गर्ने युएसएआइडी प्रमुखको घोषणा

नेपाललाई साढे सात अर्ब सहयोग गर्ने युएसएआइडी प्रमुखको घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २४, २०७९ मंगलवार • २०:१०:५७ बजे
  • 439
    SHARES
  • नेपाललाई साढे सात अर्ब सहयोग गर्ने युएसएआइडी प्रमुखको घोषणा

    अमेरिकी सहयोग नियोग (युएसएआइडी)का प्रमुख प्रशाशक समान्था पावरले नेपाललाई ७ अर्ब रुपैयाँभन्दा धेरै आर्थिक सहयोगको घोषणा गरेका छन् ।

    images

    नेपाल भ्रमणमा रहेका पावरले नेपालका लोकतान्त्रिक संस्था र नागरिक समाजको सुदृढीकरणका लागि उनले मंगलबार ५ करोड ८५ लाख अमेरिकी डलर (साढे ७ अर्ब रुपैयाँभन्दा बढी) को आर्थिक सहयोग घोषणा भएको हो ।

    उक्त घोषणाको रकममध्ये ४ करोड २ लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश हो । सो रकम नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वकर्ताहरूमाझ नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन खर्च हुने जनाइएको छ ।

    प्रशाशक पावरले यसै वर्ष पारदर्शी तथा शान्तिपूर्ण आमनिर्वाचन सम्पन्न भएसँगै सङ्घीयता सुदृढ गर्ने, महिला र सीमान्तकृत समुदायहरूको समावेशीकरणलाई अगाडि बढाउने, आफ्ना युवाहरूको सशक्तिकरण गर्ने र लोकतन्त्रले आफ्ना नागरिकका हितमा परिणाम ल्याउन सक्छ भनी देखाउने अवसर नेपालसँग रहेको जनाइन् ।

    यस कार्यमा अमेरिकाको साझेदारी रहने उनको भनाइ छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology