Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रचण्ड-ओलीबीच बालकोटमा भेटवार्ता

प्रचण्ड-ओलीबीच बालकोटमा भेटवार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २५, २०७९ बुधवार • १०:१३:३५ बजे
  • 346
    SHARES
  • प्रचण्ड-ओलीबीच बालकोटमा भेटवार्ता

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    images

    प्रधानमन्त्री प्रचण्डले आज बिहान बालकोट पुगेर अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।

    भेटमा उनीहरुबीच राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषदलाई पूर्णता दिने, लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको निर्वाचन चैत ३ मा हुँदैछ ।

    राष्ट्रपतिमा एमाले र कांग्रेसले उम्मेदवारी दिने तयारी गरेका छन् भने माओवादीले राष्ट्रिय सहमति हुनुपर्ने भन्दै आएको छ ।

    राष्ट्रपतिमा माओवादी र एमाले एकमत नहुँदा पुस १० मा बनेको सत्ता गठबन्धन भत्कने हो कि भन्ने संशय पैदा भएको छ ।

    राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता गठबन्धनमा अविश्वास बढ्दा ओली–प्रचण्ड दिनहुँ छलफलमा जुटेका छन् ।

  • सम्बन्धित विषय:

  • # प्रचण्ड-ओली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology