Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

टर्की भूकम्प : मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो

टर्की भूकम्प : मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २६, २०७९ बिहिवार • १०:४२:२६ बजे
  • 580
    SHARES
  • टर्की भूकम्प : मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो

    टर्कीमा गएको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संखया १५ हजार नाघेको छ ।

    images

    सोमबार टर्की र सिरियाको सीमा क्षेत्रमा ७.८ म्याग्निच्युडको भुकम्प गएको थियो ।

    भूकम्पमा परेर घाइते हुनेहरूको संख्या टर्कीमा मात्रै ४० हजारभन्दा बढी पुगेको बताइएको छ । प्रतिकूल मौसमका कारण खोज तथा उद्धार कार्य प्रभावित बन्दा भग्नावशेषमा फसेकाहरूलाई जीवितै उद्धारको सम्भावना कम हुँदै गएको छ ।

    उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएकाहरूको खोजीमा जुटेका छन् । करिब ६ हजार भवन भत्केकाले मृतकको संख्या अझै बढ्न सक्ने उद्धारकर्मीले बताएका छन् । उद्धार तथा राहतको अनुगमन एवं समन्वय गरिरहेका संयुक्त राष्ट्रसंघका अधिकारीहरूले २० हजार मानिस हताहत भएको हुन सक्ने अनुमान गरेका छन् ।

    अन्तर्राष्ट्रिय समुदायले टर्की र सिरियामा राहत सामग्रीसहित उद्धारकर्मी परिचालन गरेको छ । युरोपेली संघ, रुसी महासंघ, इजरायल, चीन, भारत, पाकिस्तान, ग्रिस, जर्मनी, लेबनान, दक्षिण कोरिया, जापान, अस्ट्रेलियाले पनि आफ्नो सामथ्र्यअनुसार आर्थिक तथा भौतिक सहायता उपलव्ध गराएका छन् ।

    नेपालले पनि आवश्यक सामग्रीसहित चिकित्सकको टोली पठाउने तयारी गरेको छ ।

  • सम्बन्धित विषय:

  • # टर्की भूकम्प अपडेट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology