Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

माओवादीको सर्कुलर : समानान्तर गतिविधि गर्न रोक, दुबै विद्यार्थी संगठन विघटन

माओवादीको सर्कुलर : समानान्तर गतिविधि गर्न रोक, दुबै विद्यार्थी संगठन विघटन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २६, २०७९ बिहिवार • १२:०४:२८ बजे
  • 346
    SHARES
  • माओवादीको सर्कुलर : समानान्तर गतिविधि गर्न रोक, दुबै विद्यार्थी संगठन विघटन

    नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका दुबै समितिलाई विघटन गरिने भएको छ ।

    images

    माओवादीले बुधबार सर्कुलर जारी गर्दै अखिल क्रान्तिकारी भित्रको विवाद समाधान गर्न पञ्चा सिंह र पवन कार्की नेतृत्वका दुवै समितिलाई विघटन गरी राष्ट्रिय सम्मेलन आयोजक समिति बनाइने जानकारी दिएको हो ।

    ‘विद्यार्थी मोर्चामा देखिएको समस्यालाई हल गर्न बैठक राखेर केन्द्रीय आयोजक समिति निर्माण गर्ने र एकढिक्का भएर स्ववियु चुनावमा लाग्ने र स्ववियु चुनावपछि राष्ट्रिय सम्मेलन गरिनेछ,’ सर्कुलरमा भनिएको छ ।

    अखिल क्रान्तिकारीमा संस्थापन पक्षविरुद्ध अर्का नेता पवन कार्कीले समानान्तर संगठन बनाएपछि लामो समयदेखि विवाद चुलिँदै आएको थियो । यसले चैत ५ मा हुने स्ववियु चुनावलाई समेत असर गर्ने भएपछि माओवादीले मध्यमार्गी बाटो अपनाएको हो । माओवादी केन्द्रको सर्कुलरमा संगठनभित्र समानान्तर गतिविधि गर्न रोक लगाउने निर्णय भएको पनि उल्लेख छ ।

    २०७८ को असोज १४–१६ सम्म काठमाडौंमा भएको २२औं राष्ट्रिय सम्मेलनबाटै अखिल क्रान्तिकारीमा विवाद सुरु भएको थियो ।

    पदाधिकारी र केन्द्रीय समिति समेत निर्माण गर्न नसकी अध्यक्षमा पञ्चा सिंहलाई मात्र चयन गर्दै राष्ट्रिय सम्मेलन सकिएको घोषणा गरिएको थियो ।

    त्यसको करिब दुई महिनापछि अध्यक्ष सिंहले १९९ सदस्यीय केन्द्रीय समितिमा रहेकाहरुको नामावली सार्वजनिक गरेकी थिइन् । उक्त केन्द्रीय समितिको घोषणा विधानविपरीत भएको भन्दै पवन कार्की समूहले हलमै नाराबाजी गरेको थियो ।

    त्यसपछि कार्की समूहले १८ असार २०७९ असारमा १९९ जनाको समानान्तर केन्द्रीय कमिटी घोषणा गरेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology