Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २६, २०७९ बिहिवार • १२:०६:०० बजे
  • 832
    SHARES
  • सुनको भाउ बढ्यो

    नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ समान्य बढेको छ । आज बिहीबार सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको हो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    यसैगरी, बिहिबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार भने तेजाबी सुन प्रतितोला १ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। बिहीबार चाँदीको मूल्य पनि बढेको छ।

    बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो। बिहीबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो।

  • सम्बन्धित विषय:

  • # सुनको भाउ बढ्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology