Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नयाँ रेल

नेपाली नयाँ रेलको भित्री तथा बाहिरी डिजाइन यस्तो छ

नेपाली नयाँ रेलको भित्री तथा बाहिरी डिजाइन यस्तो छ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २, २०७७ शुक्रवार • ११:४२:३६ बजे
  • 1.6K
    SHARES
  • नेपाली नयाँ रेलको भित्री तथा बाहिरी डिजाइन यस्तो छ
    नेपालको जनकपुरदेखि भारतको जयनगरसम्म सञ्चालनका लागि नेपाल सरकारले २ सेट रेल तथा ४ सेट इन्जिन किनेको छ । nepal_railway7.jpgलामो समयदेखि बन्द रहेको नेपालको रेल सेवा पुनः सञ्चालनका लागि किनिएको रेल आज नेपाल आइपुग्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो चुनावअघि रेल चलाउने बताएसँगै नेपालमा रेलको चर्चा फेरि सुरु भएको थियो । यसअघि चलेर पनि बन्द रहेको रेल सेवा सुरु हुनलाग्दा नेपाल आउने रेल कस्तो छ भनेर जनमानसमा कौतुहलता रहेको छ । nepal_railway4.jpgनेपाल आउँदै गरेको रेलको बाहिरी तथा बोगीहरुको डिजाइन आकर्षक ढंगले गरिएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेको तस्बिरमा बोगीको भित्री डिजाइन आकर्षक रहेको देखिएको छ ।
    nepal_railway3.jpgएक अर्ब लागतमा नेपाल आउँदै गरेको रेलको सेट भारतको मद्रासस्थित इन्टिग्रल कोक्स नामक कम्पनीले निर्माण गरेको हो । जसको आपूर्ति कोंकण रेल कर्पोरेशन कम्पनी लिमिटेडमार्फत भएको हो ।

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology