नेकपा माओवादी केन्द्रका प्रवक्ता एवम् वार्ता टोलीका संयोजक कृष्णबहादुर महरा नेतृत्वको टोलीले कर्णजित बुढा नेतृत्वको नेकपा माओवादी (समाजवादी) पार्टीसँग वार्ता गरेको छ ।
आज बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दुई पक्षबीच संवाद भएको एक नेताले बताए ।
दुई पार्टीबीच दस्तावेज आदनप्रदान, राजनीतिक, वैचारिक तथा सांगठनिक संरचनाका विषयमा छलफल भएको ती नेताले बताए ।
पार्टी एकता गर्ने विषयमा दुई पार्टी सकारात्मक देखिएको बताइएको छ । बुढा तत्कालीन नेकपा माओवादीबाट संविधानसभा सदस्य थिए भने तिलक मगर नेकपा मालेबाट संविधानसभा सदस्य भएका थिए ।
सोही पार्टी माओवादीसँग एकता गर्न तयार देखिएकाले छिट्टै निष्कर्षमा पुगिने बताइएको छ ।