Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बालुवाटार बैठकमा गएनन् उपेन्द्र, सिके र रञ्जिता

बालुवाटार बैठकमा गएनन् उपेन्द्र, सिके र रञ्जिता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २७, २०७९ शुक्रवार • ११:४१:११ बजे
  • 349
    SHARES
  • बालुवाटार बैठकमा गएनन् उपेन्द्र, सिके र रञ्जिता

    सरकार सञ्चालनका लागि बनेको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक जारी छ ।

    images

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संयोजक रहेको संयन्त्रको बैठक केहि बेरअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति सभापति रवि लामिछाने सहभागी छन् ।

    सरकारमा सम्मिलित जनमत पार्टीका अध्यक्ष सिके राउत बैठकमा सहभागी छैनन् । उनी बालुवाटार बैठकमा नगएर विवेकशी साझा पार्टीको राष्ट्रिय महाधिवेशनमा सहभागी भएका छन् । यस्तै सदूरपश्चिम सरकार ढाल्न निर्णायक बनेको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ पनि बैठकमा गएनन् ।

    रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगेका छन् । नाउपाले सरकार बनाउन समर्थन गरे पनि जेलमा रहेका रेशम चौधरीलाई छुटाउनु पर्ने मुख्य माग राख्दै आएको छ ।

    त्यस्तै जसपा पनि बैठकमा सहभागी छैन । सरकार बनाउन समर्थन गरेपनि आफुले रोजेको मन्त्रालय नपाएपछि जसपा अधयक्ष उपेन्द्र यादव असन्तुष्ट छन् ।

    आजको बैठकमा राष्ट्रपतिको उम्मेदवार, राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि अवस्था, सुदूरमा सरकार ढलेपछिको राजनीति परिस्थिती लगायत समसामयिक विषयमा छलफल हुनेछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology