Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

अमेरिकी सक्रियताले भारत सशंकित, विदेश सचिव क्वात्रा नेपाल आउँदै

अमेरिकी सक्रियताले भारत सशंकित, विदेश सचिव क्वात्रा नेपाल आउँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २७, २०७९ शुक्रवार • ११:४३:४३ बजे
  • 268
    SHARES
  • अमेरिकी सक्रियताले भारत सशंकित, विदेश सचिव क्वात्रा नेपाल आउँदै

    भारतीय बिदेश सचिव विनयमोहन क्वात्रा नेपाल आउने भएका छन । तीन दिने भ्रमणका लागि उनी आगामी १ फागुन (सोमवार) नेपाल आउने भएका हुन् । उनी परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका हुन् ।

    images

    गत पुसमा प्रचण्ड नेतृत्वकाे नयाँ सरकार गठन भएयता नेपाल आउन लागेका क्वात्रा पहिलाे भारतीय उच्च अधिकारी हुन् । नेपालमा रहँदा क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई, एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवा लगायतसँग भेट्नेछन् ।

    त्यस्तै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको निम्तो समेत दिने बुझिएको छ । नेपालमा पछिल्लो समय अमेरिकी सक्रियता बढेको छ ।

    राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड, यूएसएआईडी प्रमुख समान्था पावर र ईयूका आयुक्त जुटा उर्पिलाइनेनले हालै नेपाल भ्रमण गरेर फर्किएका छन् । त्यसैगरी आउने सोमबार अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रिन अख्तर पनि नेपाल आउने तय भएको छ ।

    क्वात्रा आएकै दिन अख्तर पनि काठमाडौँ उत्रनेछन् । अमेरिका र युरोपबाट तारन्तार भ्रमण भएपछि नयाँ दिल्ली सशंकित बनेको स्रोत बताउँछ ।

    नेपालमा अमेरिकी सक्रियता बढेसँगै र नेपालमा राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा भारतबाट हुन लागेको क्वात्राको भ्रमणलाई अर्थपूर्ण मानिएको छ । सत्तारुढ दलहरुबीच राष्ट्रपति कसलाई बनाउने भन्नेमा विवाद चलिरहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology