Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

विप्लवसहित चार कम्युनिस्ट पार्टी एकतावद्ध भएर जाने विषयमा छलफल

विप्लवसहित चार कम्युनिस्ट पार्टी एकतावद्ध भएर जाने विषयमा छलफल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २७, २०७९ शुक्रवार • ११:५३:२५ बजे
  • 424
    SHARES
  • विप्लवसहित चार कम्युनिस्ट पार्टी एकतावद्ध भएर जाने विषयमा छलफल

    संसद बाहिर भएका चार कम्युनिस्ट पार्टीहरुले एकतावद्ध भएर जाने विषयमा छलफल गरेका छन् ।

    images

    शुक्रबार काठमाडौंमा भेट भई चार पार्टी मोर्चाबन्दी गरेर जाने विषयमा छलफल गरेका हुन् ।

    नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी र कर्णजीत बुढामगर नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीहरु माओवाद मान्नेहरु एक भएर जाने विषयमा छलफल गरेका हुन् ।

    माओवादी पृष्ठभूमी र माओवाद मान्नेहरु एक ठाउँमा उभिनुपर्ने निष्कर्षमा पुगेको नेकपा माओवादी समाजवादी पार्टीका अध्यक्ष कर्णजित बुढामगरले बताए । आगामी फागुन १ गते जनयुद्ध दिवसमा एकै ठाउँमा मनाउने तयारी गरिएको बुढामगरले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology