Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बालुवाटार बैठक : रास्वपालाई पुन: सरकारमा आउन आग्रह

बालुवाटार बैठक : रास्वपालाई पुन: सरकारमा आउन आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २७, २०७९ शुक्रवार • १२:३५:३७ बजे
  • 775
    SHARES
  • बालुवाटार बैठक : रास्वपालाई पुन: सरकारमा आउन आग्रह

    उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेको छ ।

    images

    शक्रबार बिहान बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले केहि दिनअघि सरकारबाट बाहिरिएको रास्वपालाई पुन: सरकारमा सहभागी हुन आग्रह गरेको हो ।

    आजको बैठकमा रास्वपालाई सरकारमा ल्याउने विषयमा छलफल भएको स्रोलले बतायो । गृह मन्त्रालय नपाएपछि असन्तुष्ट भएको रास्वपाले केहि दिनअघि पत्रकार सम्मेलन गर्दै सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएको थियो ।

    बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने, सुदूरपश्चिम सरकार ढलेपछिको अवस्था लगायत समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको बताइएको छ ।

    सत्ता गठबन्धनमा सात दल आबद्ध छन् । तर, आजको बैठकमा चार दलका नेता मात्र सहभागी थिए । गठबन्धनमै रहेकाे जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका नेता बैठकमा उपस्थित भएनन् ।

    पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउन सहयोग गरेपनि सत्ता गठबन्धनमा असन्तुष्टि बढ्दै गएपछि ती दलका नेता बैठकमा सहभागी नभएका हुन् ।

  • सम्बन्धित विषय:

  • # बालुवाटार बैठक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology