Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एयरपोर्टको जस्तै अन्य घुस प्रकरण पनि सार्वजनिक हुँदै जान्छ : पर्यटनमन्त्री(भिडियो सहित)

एयरपोर्टको जस्तै अन्य घुस प्रकरण पनि सार्वजनिक हुँदै जान्छ : पर्यटनमन्त्री(भिडियो सहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २८, २०७९ शनिवार • ०९:४४:३५ बजे
  • 844
    SHARES
  • एयरपोर्टको जस्तै अन्य घुस प्रकरण पनि सार्वजनिक हुँदै जान्छ : पर्यटनमन्त्री(भिडियो सहित)

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले त्रिभुवन विमानस्थलको जस्तै अन्य घुस प्रकरणहरू पनि सार्वजनिक हुँदै जाने बताएका छन् ।

    images

    काठमाडौंमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किरातीले सो कुरा बताए हुन् । उनले मन्त्रीलाई पैसा बुझाउनुपर्ने भन्दै विदेशी वायु सेवा कम्पनीसँग घुस मागेकाले त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरिएको बताए । महाप्रबन्धक ठाकुरले थाई स्माइल एअरलाइन्ससँग मन्त्रीलाई बुझाउनुपर्ने भन्दै करोडौँ रुपैयाँ घुस लिने गरेकाले निलम्बन गरेको उनले बताए । उनले अहिलेसम्मका कुन–कुन मन्त्रीले पैसा लिने गरेको हो भन्ने कुरा स्पष्ट पार्नुपर्ने पनि बताए ।

    मन्त्री किरातीले कोही घुस खानका लागि मन्त्री हुन आए उसलाई नागरिकले सजाय दिने बताए । उनले आफूलाई पैसा नचाहिएको भन्दै कर्मचारीबाट पारदर्शी काम चाहिएको बताए । उनले भने, ‘यो मन्त्रीले पैसा खाँदैन । ढुक्कसँग काम गर्नुस् । विमानस्थलको महानिर्देशकलाई भर्खरै निलम्बन गरेर आए । मन्त्रीलाई पैसा दिनुपर्ने भन्दै असुल्ने रहेछ ।

    पैसा खानका निम्ति मन्त्री आएको हो भने नागरिकले सजाय गर्नुपर्छ । कुर्सीमा बसेर देशलाई धोका दिन पाइँदैन । कृपया कसैको पैसा चाहिँदैन । तपाईँहरूले आफ्नो क्षमता योग्यता प्रदर्शन गर्नुस् ।’ मन्त्री किरातीले पर्यटन क्षेत्रमा काम गर्दा १० ठाउँमा गएर १० वटा संरचनामा घुस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्ने बताए ।

    उनले विधिको शासनभन्दा बाहिर कोही चल्न नसक्ने बताए । उनले पर्यटन उद्योगलाई धान्ने निजी क्षेत्र भएकाले पर्यटन बोर्डका नीतिले निजी क्षेत्रलाई सहजता दिनुपर्ने बताए ।

    पर्यटन बोर्डको नीतिले निजी क्षेत्रलाई असहजता भइरहेको उनको भनाइ छ । मन्त्री किरातीले २० लाख पर्यटक भित्र्याउने गरी कार्ययोजना ल्याउन पर्यटन बोर्डलाई निर्देशन दिए । उनले पर्यटन प्रवर्धनका लागि चलाइएको अभियानअन्तर्गत कति पर्यटक भित्रियो भन्ने यकिन तथ्याङ्क बोर्डले दिनुपर्ने बताए ।

  • सम्बन्धित विषय:

  • # पर्यटनमन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology