Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

टर्की भूकम्प : मृत्यु हुनेको संख्या २२ हजार नाघ्यो

टर्की भूकम्प : मृत्यु हुनेको संख्या २२ हजार नाघ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २८, २०७९ शनिवार • १०:०३:५४ बजे
  • 667
    SHARES
  • टर्की भूकम्प : मृत्यु हुनेको संख्या २२ हजार नाघ्यो

    इस्तानबुल । टर्की र सिरियाको सीमा क्षेत्रमा गत सोमबार गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या २२ हजार नाघेको छ।

    images

    भूकम्पको पाँच दिन पूरा भइसक्दा पनि खोजी र उद्धार जारी छ, तर भग्नावशेषमा जीवित व्यक्ति भेटिने आशा क्षीण हुँदै गइरहेको छ । भूकम्पमा परी हालसम्म २२ हजार तीन सय ६८ जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् ।

    हिमपात र कठ्याङ्ग्रिदो चिसोले भूकम्प पिडीतहरुलाई थप सास्ती भएको छ। टर्कीका केही भागमा अहिले शून्य भन्दा कम तापक्रम रहेको अधिकारीहरूले बताएका छन्। ट

    र्कीमा भूकम्पको करिब ९० घण्टापछि भग्नावशेषबाट एक नवजात शिशु र उनकी आमालाई उद्धार गरिएको छ। दक्षिणी हाताय प्रान्तको क्षतिग्रस्त भवनको भग्नावशेषबाट १० दिने यागिज नामक बच्चाको जीवित उद्धार गरिएको हो।

    सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमा रातको समयमा ती बच्चालाई निकै होसियारीपूर्वक भग्नावशेषबाट निकालिएको हो। स्थानीय सञ्चारमाध्यमले यसलाई चामत्कारिक घटनाको संज्ञा दिएको बीबीसीले लेखेको छ।

  • सम्बन्धित विषय:

  • # टर्की भूकम्प
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology