Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

निरेम प्रोडक्सनको सातौ वार्षिकोत्सव कलाकार कविता नेपाली, कमल खत्री र मेलिनाको साथमा सम्पन्न

निरेम प्रोडक्सनको सातौ वार्षिकोत्सव कलाकार कविता नेपाली, कमल खत्री र मेलिनाको साथमा सम्पन्न

चन्द्र गाेतामे

चन्द्र गाेतामे

माघ २९, २०७९ आइतवार • ००:०८:०८ बजे
  • 853
    SHARES
  • निरेम प्रोडक्सनको सातौ वार्षिकोत्सव कलाकार कविता नेपाली, कमल खत्री र मेलिनाको साथमा सम्पन्न

    कुवेत - निरेम प्रोडक्सन कुवेतको सातौ वार्षिकोत्सव तथा निरेम सांगीतिक उत्सव २०२३ सम्पन्न भएको छ । 

    images

    नेपालबाट आमन्त्रित अतिथि कलाकार चर्चित लोकप्रिय डान्सर कविता नेपाली , गायक कमल खत्री र गायिका मेलिना मैनाली तथा स्थानीय कलाकारको साथमा फ्रेब्रुअरी १० तारिख शुक्रवारको दिन कुवेतको जिलिपस्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा सम्पन्न भएको हो ।

    E8C61FED-BB2A-42B1-985C-0379B101EDDB.jpeg
    निरेम सांगीतिक उत्सव कार्यक्रम प्रेम जिमी याख्याको सभापतित्वमा सम्पन्न कार्यक्रममा  नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत  दुर्गाप्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरी बिशेष अतिथिमा टिभियस ग्रुपका  चियरमेन डा. एस.एम. हैदर अली रहेका थिए भने अथितिहरुमा  एनआरएनए कुबेतका अध्यक्ष  रणध्वज लामा तथा  विभिन्न नेपाली संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु र पत्रकारहरु रहेका थिए ।

    नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका अध्यक्ष नवराज पन्थीको सञ्चालन रहेको कार्यक्रममा सभापति , प्रमुख अतिथि  , विशेष अतिथि लगायतले संयुक्त रूपमा दिप प्रज्वलन गरी कार्यक्रमको विधिवत्  उद्घाटन गरिएको थियो । साथै फूलको  गुच्छा सहित प्रमुख अतिथि , विशेष अतिथि तथा अतिथिहरुलाई  सम्मान गरिएको थियो । निरेम प्रोडक्सनका सदस्य जयनारायण थारुले  स्वागत मन्तव्यद्धारा उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए ।

    84EEC15F-6EAB-4E1E-876A-3142F1C44BF4.jpeg
    कार्यक्रममा प्रमुख अतिथि महामहिम राजदूत दुर्गाप्रसाद भण्डारी,  टिभियस ग्रुपका   चियरमेन डा.एस.एम. हैदर अली एनआरएनए एनसिसी कुवेतका अध्यक्ष रण ध्वोज लामा, आदिवासी जनजाती महासँघ कुवेतका अध्यक्ष अमृत तामाङ , नेपाल पत्रकार महासंघ कुवेत शाखाका सहसचिब हरि बानियाँ  लगायतले शुभकामना मन्तव्य दिएका थिए । निरेम प्रोडक्सनको संगीतमय कार्यक्रम भएकाले शुभकामना दिने व्यक्तिहरु भने सिमित मात्रामा थिए । 

    D7A3CA07-8B39-4452-816A-1B6BA65E9430.jpeg
    नेपालबाट आमन्त्रित अतिथि कलाकार  तथा  स्थानीय कलाकारको  जोडदार प्रस्तुतीले उपस्थित दर्शकले भरपूर मनोरञ्जन लिएका थिए । कुवेतमा हुने हरेक सांगीतिक  कार्यक्रम भन्दा निरेम प्रोडक्सनको सांगीतिक कार्यक्रम फरक रहेको  थियो । डिजिटल प्रविधि जडान सहित सञ्चालन भएको सांगीतिक कार्यक्रममा नयाँ पन दिएर कुवेतबासी नेपाली दर्शक स्रोता माँझ प्रस्तुत कार्यक्रम साँचिकै प्रशंसनीय 
    बनाउन सफल  भएको छ । कार्यक्रम हलमा दर्शकहरु नेपालबाट आमन्त्रित अतिथि कलाकार चर्चित लोकप्रिय डान्सर कविता नेपाली, गायक कमल खत्री र गायिका मेलिना मैनालीको प्रस्तुतिमा झुमिरहेका थिए ।

    2657BB7D-ABB9-4BCB-B145-D8DCC770ED88.jpeg
    अन्त्यमा नेपालबाट आमन्त्रित कलाकार र स्थानीय कलाकार  तथा  चियरमेन डा. एस.एम. हैदर अली ,  एनआरएनए कुबेतका  उपाध्यक्ष  होमनाथ  गिरी तथा कार्यक्रम स्पोन्सर गर्ने  बीईसी  एक्सचेंज, सिटी एक्सप्रेस , नमस्ते गहना पसल , यलर  ब्यूटी पार्लर , wwics worlds largest Resettlement लाई प्रमुख अतिथिले मायाको चिनो सहित  सम्मान गरिएको थियो भने कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति प्रेम जिमी याख्याले  कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद  दिँदै कार्यक्रम समापन गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology