Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लामो दूरीमा बिजुलीबाट चल्ने मिनी बस सञ्चालनमा

लामो दूरीमा बिजुलीबाट चल्ने मिनी बस सञ्चालनमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २, २०७७ शुक्रवार • १४:०३:२१ बजे
  • 1.2K
    SHARES
  • लामो दूरीमा बिजुलीबाट चल्ने मिनी बस सञ्चालनमा
    नेपालमा पहिलोपटक लामो दूरीमा बिजुलीबाट चल्ने ‘विद्युतीय मिनी बस’ सञ्चालनमा आएको छ ।


    मिनी बसको उद्घाटन गर्दै नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले विद्युतीय सवारी साधन प्रयोगलाई प्रोत्साहित गर्नुपर्नेमा उल्टै कर बढाएर गल्ती गरेको बताउनुभयो । भवलक्ष्मी यातायात सेवा प्रा.लि.ले उक्त मिनी बसहरु सञ्चालनमा ल्याएको हो ।


    पहिलो चरणमा काठमाडौंबाट रामेछापको मन्थलीसम्म २ वटा मिनी बस सञ्चालन हुने कम्पनीले जनाएको छ । विजुली बसले पर्यावरण संरक्षणमा मद्दत पुर्याउनुका साथै नेपालमा उत्पादन भएको विद्युत खपत भएर आयातीत इन्धन प्रतिस्थापन हुने कम्पनीका अध्यक्ष रितु प्रसाद चौलागाईंले बताउनुभयो ।


    उक्त विद्युतीय मिनी बसहरु एनबी ग्रिन टेक इन्टरनेशनलले चीनबाट नेपालमा आयात गरेको हो । नेपालको सबै प्रकारका बाटोमा उक्त बसहरु सहजै गुड्न सक्ने कम्पनीको दाबी छ । 

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology