Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सरकारमा सहभागी हुने,छलफलमा जुटे रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सरकारमा सहभागी हुने,छलफलमा जुटे रवि लामिछाने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २९, २०७९ आइतवार • १३:५३:५१ बजे
  • 340
    SHARES
  • राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सरकारमा सहभागी हुने,छलफलमा जुटे रवि लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सरकारमा सहभागी हुनेबारे छलफल थालेको छ ।

    images

    आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि रास्वपाका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् । आजको बैठकमा रास्वपाका सभापति रवि लामिछाने सहभागी भएका थिए ।

    उनलाई माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले पुनः सरकारमा आउन आग्रह गरेका थिए ।

    उनीहरुले गृहबाहेक अन्य मन्त्रालय लिएर सरकारमा आउन प्रस्ताव गरेपछि लामिछाने पार्टी कार्यालय बसुन्धारामा उपसभापति र महामन्त्रीसहितको छलफलमा जुटेको एक नेताले बताए ।

    गृह मन्त्रालय नपाएर असन्तुष्टि जनाउँदै सरकारबाट बाहिरिएको रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मत भने कायम राखेको छ । उसले गृह मन्त्रालय पाए पुनः सरकारमा फर्कनसक्ने सम्भावना रहेको बताउँदै आएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology