Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राष्ट्रपतिको सवारीका बेला मैले सांसदको लोगो छोप्नु परेको थियो : रघुजी पन्त

राष्ट्रपतिको सवारीका बेला मैले सांसदको लोगो छोप्नु परेको थियो : रघुजी पन्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

माघ २९, २०७९ आइतवार • १६:१४:१३ बजे
  • 379
    SHARES
  • राष्ट्रपतिको सवारीका बेला मैले सांसदको लोगो छोप्नु परेको थियो : रघुजी पन्त

    नेकपा एमालेका सांसद रघुजी पन्तले भीभीआइपीहरू औपचारिक कार्यक्रममा जाँदा जनतालाई अप्ठ्यारो नपर्ने गरी सुरक्षा व्यवस्थापन गर्न माग गरेका छन् ।

    images

    आइतबार प्रतिनिधिसभा बैठकमा बौल्दै उनले जनताका दुःख र गुनासालाई अत्यन्त गम्भीरतापूर्वक लिनुपर्ने बताए । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा आफू मोटरसाइकलमा यात्रा गरिरहेको बताउँदै भने, ‘एम्बुलेन्समा कस्ता बिरामी थिए मलाई थाहा भएन ।

    अलि गम्भीर बिरामी थिए भने त ज्यान नै जान सक्छ । थुप्रै मानिसले गाली गरिरहेका छन् । मैले लोगो छोप्नुप¥यो किनभने त्यहाँ सांसदलाई पनि गाली गर्न थाले ।’

    गएको शुक्रबार राष्ट्रपति संघीय संसद बैठकमा सम्बोधन गर्न आउजाउ गर्दा बाटो खाली गराइएको थियो । सांसद पन्तले यस्तो प्रणालीको समयानुकूल परिमार्जनको आवश्यकता रहेको बताए ।

  • सम्बन्धित विषय:

  • # रघुजी पन्त
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology