Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

जनयुद्धको उपलब्धिले मुलुक समाजवादतर्फ उन्मुख छ : मुख्यमन्त्री जम्कट्टेल

जनयुद्धको उपलब्धिले मुलुक समाजवादतर्फ उन्मुख छ : मुख्यमन्त्री जम्कट्टेल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १, २०७९ सोमवार • १०:१०:४९ बजे
  • 424
    SHARES
  • जनयुद्धको उपलब्धिले मुलुक समाजवादतर्फ उन्मुख छ : मुख्यमन्त्री जम्कट्टेल

    बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जनयुद्धको उपलब्धिले मुलुकलाई समाजवादको बाटोतर्फ उन्मुख गराएको बताएका छन् । उनले जनयुद्धले स्थापित गरेको गणतान्त्रिक मुलुक समाजवादको बाटोमा अघि बढेको बताए ।

    images

    २८ औं जनयुद्ध दिवसको अवसरमा धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर-६ स्थित सहिद वैकुण्ठ रेग्मी (रोशन)को सालिकमा माल्यार्पण गर्दै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले जनयुद्ध र जनआन्दोलनले स्थापित गरेको व्यवस्थामा समाजवाद स्थापना गर्न चाहेको बताए ।

    'जनयुद्ध र जनआन्दोलनले स्थापित गरेको यो व्यवस्थामा समाजवाद स्थापना गर्न चाहन्छौँ,' मुख्यमन्त्री जम्कटेलले भने । मुलुकमा भएको १० वर्षे जनयुद्धको बलमा राज्य सत्ता सञ्चालनको व्यवस्था परिवर्तन सफल भएको उनको भनाई थियो ।

    निरङ्कुश राजसंस्था फालेर गणतन्त्र स्थापना र नेपालको संविधानमा नागरिकको हक अधिकारलाई सुनिश्चित गर्नुमा जनयुद्धको महत्त्वपूर्ण योगदान रहेको उनले बताए ।

    जनयुद्धको उपलब्धिलाई संस्थागत गर्न र देशलाई विकासको गतिमा लैजान माओवादी केन्द्रले स्पष्ट मार्गचित्र बनाएर अघि बढ्ने उनले बताए ।

    जनताको अवस्था परिवर्तन गर्न माओवादी केन्द्रले नेतृत्व गरेको सरकार दृढ सङ्कल्पसहित काम गरिरहेको उनले बताए । कार्यक्रममा उनले जनयुद्धका सहिद तथा बेपत्ता परिवार प्रति सम्मान व्यक्त गरे ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology