Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

टर्की र सिरिया भूकम्प : मृतकको संख्या ३३ हजार नाघ्यो

टर्की र सिरिया भूकम्प : मृतकको संख्या ३३ हजार नाघ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १, २०७९ सोमवार • ११:२०:५५ बजे
  • 457
    SHARES
  • टर्की र सिरिया भूकम्प : मृतकको संख्या ३३ हजार नाघ्यो

    टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ३३ हजार बढीको मृत्यु भएको छ । सन् १९३९ पछिकै शक्तिशाली मानिएको भूकम्पका कारण आइतबार साँझसम्म टर्की र सिरियामा गरी ३३ हजार बढीले ज्यान गुमाएका हुन् ।

    images

    अझै कयौं बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । टर्कीको प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या टर्कीमा २९ हजार ६ सय ५ र सिरियामा ३ हजार ५ सय ७४ गरि ३३ हजार १७९ पुगेको छ ।

    १ लाख भन्दा बढी मानिस घाइते भएर विभिन्न अस्पातलमा उपचार गराईरहेका छन् । दर्जनौं घाइतेको उद्धार कार्य जारी छ । एक सातासम्म पनि मानिसहरू भग्नावशेषमा पुरिएपछि मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

    सिरियाको सीमानजिकै गएको भूकम्पबाट १४ लाख बालबालिकासहित करिब २ करोड ३० लाख मानिस प्रभावित हुनसक्ने सम्भावना विश्व स्वास्थ्य संगठनले औंल्याएको छ ।

  • सम्बन्धित विषय:

  • # टर्की र सिरिया भूकम्प
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology