Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

’जनयुद्धमा गण्डकी’ नामक पुस्तक लोकापण

’जनयुद्धमा गण्डकी’ नामक पुस्तक लोकापण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २, २०७९ मंगलवार • ०९:४३:५६ बजे
  • 763
    SHARES
  • ’जनयुद्धमा गण्डकी’ नामक पुस्तक लोकापण

    राजेन्द्र न्यौपाने

    images


    गोरखा । ’जनयुद्धमा गण्डकी’ नामक पुस्तक लोकापणर् भएको छ । पुस्तकका लेखक पत्रकार सागर पन्त र माओवादी नेता अकुर तिमिल्सिना रहेका छन् । पुस्तकको जनयुद्ध दिवसको अवसर पारेर माओवादी नेता तथा नेपाल सरकारका भौतिक योजना तथा पुर्वाधार मन्त्री  नारायणकाजी श्रेष्ठ  लोकार्पण गरेका हुन् ।

    गण्डकी गाउँपालिकामा भएको कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो । पुस्तकमा जनयुद्धमा गण्डकी गाउँपालिकाको भूमिका, गण्डकीबाट बलिदान गर्ने शहिदहरुको विवरण, प्रजातन्त्र स्थापना देखि हालसम्मका जनप्रतिनीधिहरुको विवरण, जिल्ला भरीका शहिदलहरुको विवरण समेटिएको छ । १८० पृष्ठको उक्त पुस्तकमा युद्धका क्रममा भएका वास्तविक घटनाका सँस्मरणहरु लेखिएका छन् ।

    कार्यक्रममा गोरखा निर्वाचन क्षेत्र नम्बर १ का पूर्व साँसद हरीराज अधिकारी, पालिकाका जनप्रतिनीधि, कर्मचारी, सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाको अध्यक्षतामा भएको थियो ।

  • सम्बन्धित विषय:

  • # ’जनयुद्धमा गण्डकी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology