Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

टर्की भूकम्प : मृतकको संख्या ३६ हजार नाघ्यो

टर्की भूकम्प : मृतकको संख्या ३६ हजार नाघ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २, २०७९ मंगलवार • १०:४९:०६ बजे
  • 586
    SHARES
  • टर्की भूकम्प : मृतकको संख्या ३६ हजार नाघ्यो

    टर्की र सिरियामा सिमा क्षेत्रमा गत साता गएको भूकम्पमा परि मृत्यु हुनेको संख्या ३६ हजार नाघेको छ ।

    images

    टर्कीको विपद् व्यवस्थापन आयोगका अधिकारीहरूका अनुसार त्यहाँ हालसम्म ३२,६४३ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार सिरियामा कम्तीमा ४,३०० जनाको मृत्यु भएको छ । राष्ट्रसङ्घले विपद्मा परेर मृत्यु हुनेको संख्या कम्तीमा दोबर हुनसक्ने चेतावनी दिएको छ ।

    राष्ट्रसङ्घका अनुसार टर्की र सिरियामा उद्धार गर्ने चरण लगभग ‘‘सकिने क्रममा छ’’ र त्यहाँ अब उक्त विपद्मा बच्न सफलहरूलाई स्याहार सुसार गर्ने कुरामा ध्यान केन्द्रित गरिने छ । आइतवार भूकम्प गएको १३९ घण्टापछि हाटाई प्रान्तको एक भवनको भग्नावशेषबाट सात महिनाका बालकलाई जीवितै उद्धार गरिएको थियो । त्यस्तै १४७ घण्टा पछि हाटाई मै १२ वर्षकी बालिका र १५० घण्टापछि एक जना ६४ वर्षकी महिलाको सफल उद्धार गरिएको विवरण प्राप्त भएको छ ।

    टर्की र सिरियामा यो साता तापमान कम हुने अनुमान गरिएको छ जसले उद्धार कार्यमा जुटेका अनि घरबारविहीन अवस्थामा पुगेका सर्वसाधारणहरूको कठिनाइ बढिरहेको जनाइएको छ ।

    यसैबीच अमेरिकी सरकारले सिरियाका राष्ट्रपति बसर अल असदलाई विद्रोहीहरूको नियन्त्रणमा रहेको उत्तरी सिरियामा थप सहायता पु¥याउन दिन आग्रह गरेको छ । टर्कीका अधिकारीहरूका अनुसार सोमवार भत्किएका भवन निर्माणको सम्बन्धमा ११३ जनालाई पक्राउ पुर्जी जारी गरिएको छ।

  • सम्बन्धित विषय:

  • # टर्की भूकम्प
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology