Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

यातायात व्यवसायीको जायज माग र मुद्दा सम्बोधन हुन्छ: उपप्रधानमन्त्री श्रेष्ठ

यातायात व्यवसायीको जायज माग र मुद्दा सम्बोधन हुन्छ: उपप्रधानमन्त्री श्रेष्ठ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २, २०७९ मंगलवार • ११:०६:१९ बजे
  • 508
    SHARES
  • यातायात व्यवसायीको जायज माग र मुद्दा सम्बोधन हुन्छ: उपप्रधानमन्त्री श्रेष्ठ

    उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवसायी र मजदुरका जायज माग सम्बोधन गरिने बताएका छन् ।

    images

    आज सिंहदरबारमा यातायात व्यवसायी तथा मजदुरसँग भएको वार्ताको क्रममा मन्त्री श्रेष्ठले जायज माग र मुद्दा सम्बोधन हुने बताएका हुन् । मन्त्री श्रेष्ठले भने -'यातायात व्यवस्था सुधार कार्यदल गठन भएको छ ।

    यो कार्यदलले पनि एउटा खाका तयार पार्छ । यो कार्यदलले यातायात व्यवसायी, मजदुर र सर्वसाधारणको समेत माग सम्बोधन गर्नेछ । यातायात क्षेत्रको समग्र समस्या समाधान गर्छ ।'

    यातायात व्यवसायी र यातायात मजदुरले भोगिरहेको समस्या मन्त्रालय र राज्यकै समस्या भएकोले यसको समाधान गरिने भन्दै मन्त्री श्रेष्ठले आन्दोलनका कार्यक्रम फिर्ता लिन व्यवसायीलाई आग्रह गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology