Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

यातायात मजदुरको आन्दोलन फिर्ता, गाडी चल्न थाल्यो

यातायात मजदुरको आन्दोलन फिर्ता, गाडी चल्न थाल्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २, २०७९ मंगलवार • ११:०८:३२ बजे
  • 295
    SHARES
  • यातायात मजदुरको आन्दोलन फिर्ता, गाडी चल्न थाल्यो

    सार्वजनिक यातायात मजदुरसम्बद्ध संगठनले सार्वजनिक यातायात बन्दको कार्यक्रम फिर्ता लिने घोषणा गरेका छन् ।

    images

    आज सिंहदरबारमा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग भएको वार्तामा समझदारी भएपछि मजदुर संगठनका पदाधिकारीले उपत्यकामा आह्वान गरेको बन्द, हड्ताल फिर्ता भएको घोषणा गरेका हुन् ।

    वार्तामा मन्त्री श्रेष्ठले यातायात क्षेत्रका समस्या कार्यदल बनाएर समाधान गरिने प्रतिबद्धता जनाएपछि उनीहरु सार्वजनिक यातायात तत्काल चलाउन सहमत भएको मन्त्री श्रेष्ठको सचिवालयका सदस्य विजय गौतमले जानकारी दिए । तर, यातायात व्यवसायी तथा मजदुरहरूले शान्तिपूर्ण आन्दोलनका अन्य कार्यक्रम भने जारी नै राख्ने बताएका छन् ।

    सोमबार आन्दोलनरत मजदुरहरुले प्रहरीको दुईवटा भ्यान र अस्थायी प्रहरी बिट जलाएका थिए । त्यस्तै ल्होल्से मलमा समेत तोडफेड गरेका थिए ।

    उनीहरुले आफुहरुको माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिँदै आजबाट उपत्यकामा सार्वजनिक यातायात नचलाउने घाषणा गरेका थिए । मंगलबार बिहानैदेखि काठमाडौंका सडकमा गाडी नचलेपछि यात्रु मारमा परेका छन् ।

  • सम्बन्धित विषय:

  • # गाडी चल्न थाल्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology