Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

समाजवाद कस्तो हुन्छ :ओली

समाजवाद कस्तो हुन्छ :ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २, २०७९ मंगलवार • १८:४२:४८ बजे
  • 463
    SHARES
  • समाजवाद कस्तो हुन्छ :ओली

    नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधामन्त्री केपी शर्मा ओलीले समाजवादी कस्तो हुन्छ भन्दै प्रश्न गरेका छन् । आज अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो प्रश्न गरेका हुन् ।

    images

    उनले भने- ‘समाजवादी उहिलेदेखि नै धेरै मान्छेले भन्ने गरे । नेपालमा पनि समाजवाद भन्ने गरे । जनवाद भन्ने गरे । आउँछ कसरी ? प्रणाली हुन्छ कस्तो ? त्यो प्रणाली हुन्छ कस्तो ?

    त्यसको सामाजिक व्यवस्था कस्तो हुन्छ ? त्यसको राजनीतिक व्यवस्था कस्तो हुन्छ ? त्यसको आर्थिक प्रणाली र व्यवस्था कस्तो हुन्छ ? र, त्यसका विविध पक्षहरू कस्तो हुन्छ ?’ उनले जनता पीडामा भएको पनि बताए । उनले भने, ‘नेपाली जनता पीडामा छन् । हाम्रो कर्तव्य यस पीडाबाट जनतालाई मुक्त गर्न ।

    हामी समृद नेपाल सुखी नेपाली भनेको र यो हाम्रो राष्ट्रिय आकाङ्क्षा यस आकाङ्क्षालाई हामीले आफ्नो गन्तव्य बनाएका छौँ । र त्यो गन्तव्यको लागि हिँड्छौँ भनेको त्यसै कारण हो । ’

  • सम्बन्धित विषय:

  • # समाजवाद कस्तो हुन्छ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology