Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

टर्की भूकम्प : मृतकको संख्या ४० हजार नाघ्यो

टर्की भूकम्प : मृतकको संख्या ४० हजार नाघ्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ३, २०७९ बुधवार • ०९:२५:५९ बजे
  • 595
    SHARES
  • टर्की भूकम्प : मृतकको संख्या ४० हजार नाघ्यो

    सिरिया र टर्कीको सीमामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ ।

    images

    टर्की​मा मात्रै भूकम्पमा परी ३५ हजार ४ सय १८ जनाले ज्यान गुमाएको त्यहाँका अधिकारीले जनाएका छन् । सिरियामा ५ हजार ८ सयले ज्यान गुमाएको सिरिया स्वास्थ्य मन्त्रालयले जनाएको छ । टर्कीबाट उत्तरपश्चिम सिरियामा बाब अल–सलाममा मानवीय सहायता बोकेका दशवटा अन्तर्राष्ट्रिय आप्रवासन संगठनका ट्रकहरू पुगेका छन् ।

    टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भग्नावशेषबाट ८ हजारभन्दा बढी मानिसको जिउँदै उद्धार गरेको बताएका छन्। ​भूकम्पपछि सिरियामा ५ दशमलव ३ मिलियन मानिस घरबारविहीन हुन सक्ने राष्ट्रसंघको अनुमान छ। टर्की र सिरियामा ९ लाख मानिसलाई तत्काल खानाको आवश्यकता रहेको राष्ट्रसंघले जनाएको छ।

    टर्कीमा ८२ देशका ९ हजार ४६ विदेशी कर्मचारी विपद् क्षेत्रमा कार्यरत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भूकम्पमा परेका ९ जनालाई एक हप्तापछि मंगलबार उद्धार गरिएको छ ।

    टर्कीमा ढलेका भग्नावशेषमा फसेका ९ जनाको हिजो (मंगलबार) जिवितै उद्धार गरिएको हो । भूकम्प गएको ठाउँमा सरसफाइको कमीका कारण सङ्क्रामक रोग फैलिने डर रहेको डब्लुएचओले चेतावनी दिएको छ । भूकम्पले निम्त्याएको कठिनाइसँगै जोखिममा रहेका मानिसहरूमा स्वास्थ्य समस्या पनि बढ्ने भन्दै डब्लुएचओले सचेत रहन आग्रह गरेको छ ।

  • सम्बन्धित विषय:

  • # टर्की भूकम्प
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology