Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कानुन अनुसार कुलमानको पुनर्नियुक्ति गर्न मिल्दैन : सरकारका प्रवक्ता

कानुन अनुसार कुलमानको पुनर्नियुक्ति गर्न मिल्दैन : सरकारका प्रवक्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २, २०७७ शुक्रवार • १५:५५:४६ बजे
  • 1.8K
    SHARES
  • कानुन अनुसार कुलमानको पुनर्नियुक्ति गर्न  मिल्दैन : सरकारका प्रवक्ता
    सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्ति कानुनअनुसार नमिल्ने बताएका छन् ।

    प्रेस संगठनले रुपन्देहीको बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री ज्ञवालीले घिसिङको पुनर्नियुक्ति कानुन अनुसार नमिल्ने बताए । उनले भने, ‘कुलमानजी प्रति सरकार सकारात्मक र सन्तुष्ट छ तर पुनर्नियुक्ति गर्न कानुनले दिंदैन ।’


    नेपाललाई लोडसेडिङमुक्त बनाउन कुलमानको भूमिका महत्वपूर्ण रहेपनि उनको मात्र भूमिका नरहेको तर्क गरे । सरकारले अब कार्यक्षमताका आधारमा नियुक्ति गर्ने ज्ञवालीले जानकारी दिए ।


    उनले भने, 'विद्युत प्राधिकरणका सन्दर्भमा आएका र रचिएका कथाहरूमा रमाउनु आवश्यक छैन । मुलुकको हित र कार्यक्षमताका अधारमा कार्यकारी निर्देशक नियुक्त गरिन्छ ।'

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology