Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

निलम्बित सांसद चौधरीले भिडियोबाट बयान दिने

निलम्बित सांसद चौधरीले भिडियोबाट बयान दिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ३, २०७९ बुधवार • ११:१९:२९ बजे
  • 331
    SHARES
  • निलम्बित सांसद चौधरीले भिडियोबाट बयान दिने

    निलम्बित प्रतिनिधिसभा सांसद अरुण चौधरीलाई आज बयानका लागि जिल्ला अदालत कैलाली लगिने भएको छ ।

    images

    ६ महिना कैद भुक्तान नगरेको भन्दै १९ माघमा बाँकेबाट पक्राउ परेका चौधरीलाई रिहाको माग गर्दै उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश र बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरिएको थियो ।

    २९ गते देश बहादुर सार्कीको इजलासमा परेको बन्दी प्रत्यक्षीकरण रिटमा आज अरुण चौधरीलाई बयानका लागि जिल्ला अदालत उपस्थित हुन आदेश जारी गरिएको थियो ।

    उच्च अदालत दिपायलमा सुनुवाइ भइरहेको उक्त मुद्दामा चौधरीले कैलाली अदालतबाटै भिडियो प्रविधि मार्फत बयान दिने छन् ।

    २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # निलम्बित सांसद चौधरी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology