Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

रवीना देशराजले गरिन् इन्गेजमेन्ट

रवीना देशराजले गरिन् इन्गेजमेन्ट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ३, २०७९ बुधवार • १४:२२:५७ बजे
  • 721
    SHARES
  • रवीना देशराजले गरिन् इन्गेजमेन्ट

    सेलेब्रेटी बैंकरको रूपमा चिनिएकी रवीना देशराज श्रेष्ठले इन्गेजमेन्ट गरेकी छन्। प्रणय दिवसको अवसरमा उनले द्वारिका होटलमा प्रेमी स्टुआर्ट अलेक्जेन्डर च्यापम्यानसँग इन्गेजमेन्ट गरेकी हुन्।

    images

    उनले इन्स्टाग्राममार्फत यसबारे जानकारी दिएका छन्। प्रेमीसँगको तस्बिर सेयर गर्दै उनले लेखेकी छन्, ‘मैले धेरै प्रतीक्षा गरेको उनको प्रस्तावलाई स्वीकार गरेँ।’ स्टुआर्टले पनि 'उनले हुन्छ भनिन्' भन्दै इन्स्टाग्राममा तस्बिर सार्वजनिक गरेका छन्।

    अभिनेत्री तथा रवीनाकी बुहारी प्रियंका कार्कीले पनि इन्गेजमेन्टका केही तस्बिर सेयर गर्दै बधाई दिएकी छन्। केही समयअघि रवीना र स्टुआर्टले आफूहरू प्रेम सम्बन्धमा रहेको कुरा सार्वजनिक गरेका थिए। स्टुआर्ट बेलायती नागरिक हुन्। रवीनाले मेगा बैंकबाट राजीनामा दिएकी हुन्।

    उनी बैंककी कायममुकायम कार्यकारी अधिकृत थिइन्। रवीना कलाकार आयुष्मान र आशीरमानकी आमा तथा प्रियंका कार्कीकी सासू समेत हुन्।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology