Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश भारत बन्दै

विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश भारत बन्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ३, २०७९ बुधवार • १९:३६:२० बजे
  • 784
    SHARES
  • विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश भारत बन्दै

    एजेन्सी । अबको दुई महिनामा छिमेकी मुलुक भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको मुलुक हुने प्रक्षेपण गरिएको छ । आगामी २ महिनामा भारतको जनसंख्या १ अर्ब ४० करोडभन्दा बढी हुने अनुमान गरिएको छ ।

    images

    भारतमा सन् २०२१ मै जनगणना हुनुपर्ने भए पनि कोरोना महामारीका कारण रोकिएको थियो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले भारतमा ठ्याक्कै कति जनसंख्या छ भनेर एक वर्षसम्म पनि थाहा नहुने सम्भावना रहेको बताएको छ । विज्ञहरूले रोजगारी, घर, साक्षरता दर, बसाइसराइँको प्रवृत्ति, शिशुमृत्युदरलगायतका तथ्यांक अद्यावधिक नभएकाले पनि जनगणनाको अन्तिम तथ्यांक आउन समय लाग्ने बताइएको छ ।

    वास्तविक तथ्यांक थाहा नहुँदा एसियाली अर्थतन्त्रमा प्रभावशाली मुलुकका रूपमा रहेको भारतको सामाजिक तथा आर्थिक योजना तथा रणनीति तयारीमा समेत असर पुग्ने रोयटर्सले जनाएको छ । अहिले पनि सन् २०११ मा भएको जनगणनाको तथ्यांकअनुसार नै सरकारी नीति बन्ने गरेको सांख्यिकी तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयका अधिकारी बताउँछन् ।

    आगामी अप्रिल १४ मा चीनलाई उछिन्दै भारतको जनसंख्या १ अर्ब ४२ करोडभन्दा बढी पुग्ने राष्ट्र संघले प्रक्षेपण गरेको छ । सन् २०२१ मा भएको चीनको सातौँ राष्ट्रिय जनगणनाअनुसार चीनको जनसंख्या करिब १ अर्ब ४१ करोड रहेको छ । सन् २०११ को जनगणनाअनुसार भारतको जनसंख्या १ अर्ब २१ करोड रहेको छ ।

    त्यसयता भारतको जनसंख्या २१ करोड थपिएको छ जुन संख्या ब्राजिलको जनसंख्याबराबर हो । भारतीय विशिष्ट पहिचान प्राधिकरण (यूआईडीएआई) का अनुसार २०२२ को डिसेम्बर ३१ सम्म १ अर्ब ३० करोड मानिस आधार कार्डका लागि दर्ता भएका छन् ।

    भारतको जनगणना ३ लाख ३० हजार सरकारी शिक्षकहरूले घर(घर प्रश्नावली लिएर गइरहेका छन् । १६ भाषामा तयार भएको प्रश्नावलीमा २ दर्जनभन्दा बढी प्रश्न राखिएका छन् । जनगणनाका लागि ८७ अर्ब भारतीय रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology