Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दाउराको सट्टा ‘गुइँठा’ को प्रयोग बढ्दै

दाउराको सट्टा ‘गुइँठा’ को प्रयोग बढ्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ४, २०७९ बिहिवार • १०:३६:४२ बजे
  • 514
    SHARES
  • दाउराको सट्टा ‘गुइँठा’ को प्रयोग बढ्दै

    दाङका प्रायः गाउँमा इन्धनका लागि ‘गुइँठा’ सुकाएको देखिन्छ । चौधरी समुदायमा यसको प्रयोग बढी हुने भए पनि अन्यको घर आँगनमा समेत गुइँठा देख्न सकिन्छ ।

    images

    दाउराको विकल्पमा गुइँठा प्रयोग गर्ने गरिएको तुलसीपुर–१२ कचिलाकी मिनकुमारी चौधरीले बताए । ‘दाउरा लिन वन जान सकिन्न, यही गुइँठा र अलिकति दाउरा मिसाएर खाना पकाउँछौँ’, उनले भने, ‘गुइँठा सजिलो लाग्छ ।’

    गाई, गोरु, भैँसी र राँगाको गोबरमा पसाल तथा भुस मिलाएर गुइँठा बनाउने गरिन्छ । गुइँठाले दाउराकै काम गर्ने भएकाले थारु समुदायले परम्परादेखि नै यसको प्रयोग गर्दैआएका छन् ।

    पछिल्लो समय अन्य समुदायले पनि गुइँठा प्रयोग गर्ने गरेका छन् । अहिले गुइँठा बनाएर बिक्री गर्ने चलन बढेको छ । एक बिटा गुइँठा एक हजार पाँच सयदेखि दुई हजारसम्ममा बिक्री हुने गरेको कचिलाकै निर्मला चौधरीले बताए । गुइँठाको खरानी खेतीपातीमा मलका लागि प्रयोग हुन्छ ।

    ‘गुइँठामा पकाएको खाना मिठो हुन्छ’, तुलसीपुर–१२ का खुसीराम चौधरीले भने । खरानी बारीमा प्रयोग गर्दा कृषिजन्य वस्तुलाई किराबाट समेत जोगाउन सकिने उनको भनाइ छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology